घोरेपानी हिडेका विदेशी पर्यटक मृत फेला, एक जना अझै बेपत्ता

पाेखरा | भदौ ११, २०८१

घोरेपानी हिडेका विदेशी पर्यटक मृत फेला, एक जना अझै बेपत्ता

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला)  तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए । 


‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’

 


 

यो पनि पढ्नुहोस

 


उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए । 


आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए । 


सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्